गायिका एलिना चौहानले दायर गरिन सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको उनले जानकारी दिए । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका…