काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका एक सय जना नेत तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । सभापति देउवाले खादा लगाउँदै उनीहरूलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गरेका थिए…