काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने तयारी गरेको छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने रास्वपाका एक नेताले जानकारी दिएका छन । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद…