काम थालेकाे ७ वर्षपछि कालीगण्डकीमाथि पक्की पुल

बागलुङ । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने याे पुल बनाउन शुरू गरेकाे झन्डै सात वर्षपछि निर्माण सम्पन्न भएको हो । पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुशी…