बझाङ । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुईपटक फल्ने फल भन्दै खुसियाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुन सक्ने टिप्पणी गरे । अहिले दुई साता भइसकेको छ, स्याउ हलक्कै बढेर फलमा आकार देखिन थालेको छ । 'दुई सातामा अस्वाभाविक तरिकाले बढेको स्याउले…