काठमाडौं । तीजको पूर्वसन्ध्यामा पशुपति क्षेत्रका पसल अनुगमन गरी १४ जर्किन रक्सी बरामद गरिएको छ । प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जीवबहादुर खड्काको नेतृत्वमा अनुगमन गरी स्थानीयरूपमा बनाइएका १४ जर्किन रक्सी बरामद गरिएको कोषले जनाएको छ । जयबागेश्वरी ओरालोबाट भुवनेश्वरी मन्दिर जाने बाटोका केही पसलबाट रक्सी बरामद गरिएको हो । पर्वका अवसरमा मदिरापान…