ललितपुरको महत्वपूर्ण ‘यल इतिल्हन सम्यक’ पर्व सुरु

ललितपुर । ललितपुरमा प्रत्येक पाँच बर्षमा मनाइने ऐतिहासिक एवं धार्मिक महत्वपूर्ण बोकेको यल इतिल्हन सम्यक सुरु भएको छ । चापागाँउ, बुङ्गमति, कीर्तिपुर, काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेको बहा, बही र महाबिहारबाट बिशाल दिपंकर बुद्ध, आर्यतारा लगायत १ सय २५ वटा सम्यक देवदेवीहरुलाई अधिल्लो रात मंगलबजारमा भेला गराई बाजागाजाकासाथ ललितपुरको नागबहाल पुर्‍याएपछि यो पर्व सुरु हुने…