भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा १६ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए । सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा…