तनहुँको सयपत्री कतार निर्यात

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको हो । अहिले याञ्चोकटार महिलाहरूलाई फूल भ्याइनभ्याइ छ । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त…