काठमाडौँ । नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। हुप्सेकोट गाउँपालिका-१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले मंगलबार राति कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झैँ-झगडा हुँदा सन्तकुमारले आफ्ना बुवा रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल…