मनाङ । यहाँको गाउँघर पूर्ण रुपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ । लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् । पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैँ यहाँका किसानलाई न…