तनहुँमा सवारी चालक अनुमतिपत्रको परीक्षा फेरि सञ्चालन हुँदै

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले यही आउँदाे आइतवार असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा पुनः सञ्चालनमा ल्याउने भएको छ । गएको चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको 'बायोमेट्रिक' शुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिनुभयो ।…