मनाङ । हिमाली जिल्ला मनाङको मुख्य उत्पादनका रुपमा स्याउ मानिन्छ । यहाँ आलुसँगै स्याउ गोडमेलको समय भएको छ । केही महिना जिल्ला बाहिर रहने मनाङवासी अहिले स्याउ बगैँचा गोडमेलमा व्यस्त छन् । हिउँद याममा यहाँका स्याउ बगैँचा उजाड हुन्छ । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन् । अनि नाङ्गै बन्छन् स्याउका बोट…