काठमाडौँ । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ। विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चार जनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भइरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए। उनका अनुसार…