पल शाहको मुद्दामा साक्षीको बकपत्र लिन सुरु

काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका ‘नायक’ पूर्णविक्रम शाह भनिने पल शाहको मुद्दामा बकपत्र लिन सुरु गरिएको छ । तनहुँ जिल्ला अदालतमा शाहको मुद्दामा आज आइतबारबाट साक्षीको बकपत्र लिन सुरु गरिएको हो । प्रमाण मुकररका लागि लिइने साक्षी बकपत्रमा सरकारी र प्रतिवादीले राखेका नामहरुबाट बकपत्र लिइने अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन…