पोखरा । गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए । त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ…