संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भोटखोला गाउँपालिका-४ सिप्प्रङ की ६ वर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटोमै नियन्त्रणमा लिएको हो । बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६…