विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार उनीहरूले क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने…