केबलकार विवाद : फागुनमा पाथीभराबाट संकलन हुने भेटी घट्यो

ताप्लेजुङ । जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको…