विराटनगर । कोशी प्रदेशमा विगत ९ दिनदेखि पेनडाउन गरेर असारमासमा आन्दोलनमा उत्रिएका लेखा समूहका कर्मचारी काममा फर्किने भएका छन् । असार २० गतेसम्म उनीहरुले कार्यालय समयभित्र हातमा कालो पट्टि बाँधेर काममा फर्किने निर्णय गरेर प्रदेश लेखा समूहले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरको सभाहलमा बसेको लेखा समूहको आकस्मिक बैठकले…