ओखलढुंगा पहिरोमा परी एकजनाको मृत्यु, दुई जना घाइते

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेकी छिन् । गएराति २ बजेको समयमा झरेको पहिरोमा परेर घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी…