कम्बोडियाको क्यासिनोमा भएको आगलागीमा परी झापाका निराकार पाण्डेको मृत्यु

झापा । कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा झापाका निराकर पाण्डेको ज्यान गएको छ। कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डेको ज्यान गएको हो। सो क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६०…