अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेका गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई झोला वितरण गरिएको छ । पहिलो पाइला नेपालले भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना विद्यार्थीलाइ झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताए ।…