प्रमुख प्रशासकीय अधिकृत र वडा सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस लिएको र दिएको आरोपमा रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले मर्चवारी गाउँपालिकाबाट आर्थिक बर्ष २०७७/०७८ मा सम्पन्न भएका वडा नम्बर ३ मा…