घोराहीका तीनवटा फर्निचर उद्योगमा आगलागी

दाङ । घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । आगो लाग्दा करोडौँको क्षति भएको छ । घोराही- १५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाइ तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर ओलीले जानकारी दिए ।…