दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन बसेको बैठक आधा घन्टाका लागि स्थगित भएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ती भएको जानकारी प्रदेशसभा बैठकलाई नगराई विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाए पछि बैठक आधा घन्टाका लागि स्थगित हुन पुगेको हो । बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु…