काठमाडौं । नेपाली काङ्ग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका मगर निर्वाचित भएका छन्। आज भएको जिल्ला अधिवेशनबाट रोका जिल्ला सभापतिमा सर्वसम्मत चयन भएको काङ्ग्रेसले जनाएको छ। सभापतिमा रोकाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध जिल्ला सभापति चयन भएको निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए । रोका पूर्वसहायकमन्त्री समेत हुन् । रोका पुथाउत्तरगंगा गाउँपालिकाका स्थायी बासिन्दा हुन्।…