काठमाडौं । महोत्तरीको बर्दिबासमा रहेका विभिन्न सङ्घसस्थाले विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेका छन् । बर्दिबासमा रहेको पद्मशम्शेर स्मृति प्रतिष्ठान र बर्दिबास हेल्प फाउन्डेशन तथा पालिकामा क्रियाशील विभिन्न वित्तीय संस्थाले सञ्चालन गरेका शैक्षिक सहयोगका कार्यक्रमबाट नगर क्षेत्रका विपन्न वर्गका ६६ विद्यार्थीले अध्ययनको अवसर पाएका छन् । प्रतिष्ठानको सहयोगमा ३३ जना चार वर्षे र २४ जना तीन…