२३ मंसिरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

बारा । मधेश प्रदेश सरकारले २३ मंसिरमा सार्वजनिक बिदा दिएको छ । बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा प्रदेश सरकारले २३ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने दिन २३ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए ।…