३ वर्षीया बालिका हत्या: पथलैया–वीरगन्ज सडक आज पनि अवरुद्ध

बारा । जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीय तथा आफन्तले बुधबार बिहानैदेखि सडकमा प्रदर्शन थालेका हुन्। प्रदर्शनका क्रममा सडकमा टायर बालेर यातायात अवरुद्ध गरिएको छ। प्रदर्शन जारी रहँदा…