मधेसमा जनमतबाट दुईजना मन्त्री नियुक्त

जनकपुरधाम । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिराहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई उनले मन्त्री नियुक्त गरेका हुन् । साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ । मियालाई भने जिम्मेवारी तोकिएको छैन ।…