जलेश्वर नगरपालिकाले पायो कार्यवाहक प्रमुख र उपप्रमुख

महोत्तरी । अख्तियारद्वारा भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्बनमा परेपछि ठप्प रहेको जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएपछि काम धमाधम अगाडि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि नगरपालिकाको कामकाज प्रभावित भएको थियो ।…