जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ । मधेश प्रदेशप्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सोनलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेशप्रमुखले स्वीकृत गरेकाे उल्लेख छ । प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपालको…