मधेस प्रदेशमा उन्नाइस लाख बालबालिकालाई दादुराविरुद्धको खोप

जनकपुरधाम । सरकाकरले आजदेखि सुरु गरेको दादुरारुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९ लाख ४७ हजार एक सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका– २३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालाय केन्द्रबाट उपमहानगरप्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले खोप अभियानको शुभारम्भ गरे ।…