यातायात कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नियन्त्रणमा

काठमाडौँ । सेवाग्राहीमाथि कार्यालय परिसरमै हातपात गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । करिब चार महिनाअघिको भनिएको घटनाको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेका अनुसार भिडिओ सार्वजनिक भएपछि…