मोबाइल चोरीको आरोपमा कुटपिटबाट युवकको मृत्यु, महिला पक्राउ

सप्तरी । सप्तरीमा मोबाइल चोरीको आरोपमा महिलाले गरेको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेशकुमार यादवको कुटपिटबाट मृत्यु भएको हो । विष्णुपुर गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सरो कुमारी साहले बुधबार मोवाइल चोरीको आरोपमा यादवलाई लठ्ठीले कुटपिट गर्दा उनको घाँटी तथा शरीरका…