डोटी । डोटीमा एक प्रहरी सहायक हवल्दारको ड्युटीमा रहेको अवस्थामा मृत्यु भएको छ । डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका ५ घर भइ हाल इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको एक्कासी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनी बिहान ३ बजे देखि ६ बजे सम्मको कार्यालय ड्युटीमा रहेका थिए…