कञ्चनपुर । भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी हात्ती प्रभावित क्षेत्रमा सचेतनमुलक पोष्टर, पम्पलेट वितरण गर्ने कार्य…