कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् । मादलको तालमा कम्मर मर्काउँदै थारु युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारुलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन् । युवाहरुले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन्…