कैलाली । कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ । दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो । उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।…