अछाममा छाउगोठमा सुतेका दुईजनाको मृत्यु, एक घाइते

अछाम । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुंगाले किचेर दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छिन् । घटनास्थलमा नै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षीया छोरी कविताको छाउगोठमा सुतेका बेला ढुंगाले किचेर शुक्रबार (भदौ…