धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङलाई जित दिलाउन कोफी टिमोथी कुडो र सेदजामोल दाभ्लातजोनोभले एक–एक गोल गरे । यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए…