अयाेध्याकाे राम मन्दिरमा बिकेक ओबरायसँग बरुण चौधरीको सेल्फी

अयाेध्याकाे राम मन्दिरमा बिकेक ओबरायसँग बरुण चौधरीको सेल्फी


ग्लोब नेपाल
81
Shares

अयोध्या । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा हिजो प्राण प्रतिष्ठा गरियो । उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका थिए । जहाँ विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति रहेको थियो ।

सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी भएका छन् । आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई बिशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रबेशको व्यवस्था मिलाएको थियो ।

उद्योगपत्ति भएर पनि धर्म, संकृति नभुलेकोमा सामाजिक सञ्जालहरुमा वरुणलाई धेरैले नेपालीले उनको खुलेर तारिफ गरेका छन । केही समय अघि उनले बागेश्वर बाबालाइ नेपाल ल्याएर हिन्दुहरूको ठुलो जमघट गराए पछि भारतमा उनको चर्चा परिचर्चा भएको थियो । 

जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका तर्फबाट नेपालका १५ जना प्रमुख सन्त–महन्थलाई बोलाईएको थियो । जसमा अयोध्याबाट निम्ता पाउनेमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र उत्तराधिकारी महन्थ राम रोशन दास सीताको माइतीबाट जाने उनीहरूलाई पनि विशेष रुपमा हेरिएको थियो ।

चतराधाममा बस्ने जगदगुरु बालसन्त मोहन शरण देवाचार्य, देवघाटमा रहेको हरिहर सन्न्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वतीसहित तीन जना, पशुपतिनाथ मन्दिरका मूलभट्ट रावल गणेश भट्ट आदिलाई निमन्त्रणा गरिएको थियो । 

सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए।