केपी ओली र माधव नेपाललाई मिल्नै नदिने को हो ?

केपी ओली र माधव नेपाललाई मिल्नै नदिने को हो ?



इन्दिरा पन्त

पार्टी कसको नेतृत्वमा दर्ता भयो वा को कसले हस्ताक्षर गरे, सही गरे वा गलत गरे आज म त्यतातिर जान चाहन्न । पार्टी बिभाजन नहुनुपर्थ्यो । भयो । तर कसका कारणले र के कारणले बिभाजन भयो यसको निष्पक्ष समिक्षा गर्न आवस्यक छ ।

नेकपा एमाले बिभाजनका सुत्राधार त अहिलेको दोस्रो पुस्ता होईन र ? केपी वली र माधव नेपाललाई मिल्नै नदिने को हो ? हिजो पार्टी अध्यक्ष र सरकारका बिरुद्द आगो ओकल्नेहरु अहिले कता छन ? के उनिहरुले बाँकी रहेको एमाले लाई सुदृढ बनाउन भूमिका खेल्लान ? आफु मन्त्री बन्न नपाएपछी बैचारिक, सैदान्तिक, बैधानिक बिचलन भयो भनेर आगो सल्काएको बिर्सनु भो ?

अनि सरकारमा भएकाले पनि पार्टिको नेतृत्व आफ्नो पोल्टामा नआउलाकी भन्ने डरले आफ्नै पार्टिका नेताहरुको बिरुद्द अध्यक्षलाई उचालेको र मिल्नै नसक्ने अवस्थामा पुर्याएको होईन ? माधव नेपाल र केपी वलीलाई मिल्नै नदिएर ३६ को आँकडामा पुर्याउनेहरु आज तपाईको गुटमा लागेकै भरमा चोखिए ? रातारात महान भए ? जय जयकारका हकदार भए ?

कम्तिमा यो बिभाजनको पृष्टभुमी तयार पार्ने पात्रहरुका बारेमा स्पष्ट हुनुपर्छ । म अझै पनि पार्टी एकतावद्द बन्नुपर्छ भन्ने पक्षमा छु । तर नयाँ दल दर्ता गर्न जानेहरुका कारण मात्र त्यत्रो शक्तिशाली पार्टी बिभाजन भयो भन्ने ठान्दिन । दोस्रो तहका नेताहरु यो वा त्यो समुहमा लागेर न उचालेको भए न नेकपा एमालेको सरकार जान्थ्यो न त पार्टी बिभाजन हुन्थ्यो ।

नायक त ति हुन जसले सही समयमै संभावीत दुर्घटनाको आँकलन गर्छन र जहाज़ शुरक्षित अवतरण गराउछन ।दुर्घटनाको नजिक पुर्याएर आफ्नो मात्र ज्यान जोगाउन प्याराशुटमा हाम्फाल्नेहरु लाई कसरी नायक भन्न सकिन्छ र ??