सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं । सुनचाँदीको मूल्यमा गिरावट आएको छ । भदौ ३ गते,बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार भने सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ लगातार दोश्रो दिन पनि घटेको छ । महासंघको तथ्यांक अनुसार यसदिन चाँदी तोलामा २५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।