नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए राजीनामा

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा विवादमा मुछिएपछि साउदले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामापछि पत्रकार सम्मेलन गर्दै साउदले सरकारले छानबिन समिति गठन गरेको र त्यसलाई सघाउन पदबाट राजीनामा दिएको बताए । उनले आफ्नो कार्यकालमा पुँजीबजारमा धेरै सुधारको काम गरेको र कोशेढुङ्गा सावित भएको दावी गरे । आफूले आफ्नो श्रीमतीको नाममा सूचीकृत नभएको सेयर खरिद गरेको स्वीकार्दै उनले नेपालको कानुनले नेप्से सञ्चालकले त्यस्तै सेयर किन्न नपाउने कुनै कानुनमा नभएको बताए । आफ्नो प्रकरणपछि नियम कानून परिमार्जन गर्नुपर्छ की भन्ने महशुस भएको उनको भनाई छ ।

यसअघि सेयरमा प्रकरणमा मुछिएका साउद र नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरी छानबिन गर्न प्रतिनिभिसभा अन्तर्गतको अर्थ समितिले सरकारलाई निर्देशन समेत दिएको थियो भने मन्त्रालयले छानबिन समिति पनि गठन गरी छानबिन गरिरहेको छ ।