राजस्व सचिव कर्णले लिए सञ्चयकोष अध्यक्षको सपथ

राजस्व सचिव कर्णले लिए सञ्चयकोष अध्यक्षको सपथ



काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माबाट सपथ लिएका हुन् ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई सञ्चयकोषमा नियुक्त गरेको थियो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।

सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिए । ‘हड्तालजन्य कामहरू हुने वातावरण नहोस्,’ उनले भने, ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’

यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए । उनी सेवानिवृत्त भएपछि २४ साउनदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त थियो ।