काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।
पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो ।
राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
प्रतिक्रिया