सिभिल ग्रुपका अध्यक्ष तामाङलाई ५ दिन थुन्न अनुमति

सिभिल ग्रुपका अध्यक्ष तामाङलाई ५ दिन थुन्न अनुमति



काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो ।

सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ । उनीहरुमाथि थप म्याद थप गर्ने प्रहरीले जनाएको छ ।

अध्यक्ष तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार साँझ सुन्धाराबाट पक्राउ गरेको थियो । उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए । ७० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा तामाङविरुद्ध १३७ जनाले उजुरी दिएका छन् ।

ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ।