अग्रवाल बने राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित हुने पहिले नेपाली

अग्रवाल बने राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित हुने पहिले नेपाली



काठमाडाै । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लि. का संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।

अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् । राउण्ड टेबल संसारको ६८ देशहरुमा शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत क्रियाशील गैरनाफामूलक संस्था हो ।

अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।