पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३÷३ रुपैयाँ बढाएको छ । अब पेट्रोल १३३, डिजेल र मट्टितेल ११६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई इन्धनमा पनि १० रुपैयाँ बढाइएको छ । खाना पकाउने ग्यासमा ५० रुपैयाँ बढाएर १ हजार ५ सय पुर्‍याइएको छ ।